आउँदो सेप्टेम्बर ५ (भाद्र २०) को दिन बाह्रौ अन्तराष्ट्रिय गिद्ध सचेतना दिवश नेपालका साथै संसारभर मनाईदै छ । प्रत्येक बर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार तथा त्यस सप्ताहभर अन्तराष्ट्रिय गिद्ध सचेतना दिवश गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउनका निम्ति विश्वभर मनाईन्छ । यो दिवश दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाईदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवशबाट विकसित भई सन् २००९ बाट अन्तराष्ट्रिय दिवशको रुपमा मनाउन थालिएको हो । विद्यमान कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै यस वर्ष नेपालमा सचेतनामुलक ¥याली, क्याम्पस तथा विद्यालय स्तरिय संरक्षण शिक्षामुलक प्रतियोगिताहरु, गिद्ध तस्बिर तथा चित्रकला प्रर्दशनी, गिद्ध महोत्सव, सडक नाटक, स्थानिय सरकार र सरोकारवाला निकायहरुसँग अन्तरक्रिया जस्ता कार्यक्रमहरुलाई थाति राखी आम सञ्चार माध्यमबाट तथा सामाजिक सञ्जाल मार्पmत गिद्ध संरक्षण सम्बन्धि सचेतना प्रवाहमा यहाको सक्रिय नेतृत्व र सहभागिताको निम्ती विनम्र अनुरोध गर्दछौ । यस बाह्रौ अन्तराष्ट्रिय गिद्ध सचेतना दिवशको अवशरमा सेप्टेम्बर ५ (भाद्र २०) गते शनिबारको दिन यहाहरुको घर तथा कार्यस्थल आसपासका सम्भावित गिद्ध पाईने ठाउँबाट सकेसम्म बिहान ८ बजे देखी ११ बजे भित्रको समय वा त्यस दिनभरमा गिद्धको अवलोकन, गणना र सचेतना प्रवाह गरी गिद्ध दिवशमा सहभागिता जनाई गिद्ध संरक्षणमा हातेमालो गरीदिनुहुनको लागि सादर अनुरोध छ । यहाको गरीमामय सहभागिताको लागि कृतज्ञ छौ । गिद्ध गणनाको लागि सहयोगी फारम तलको लिकंमा छ ।
https://www.dropbox.com/s/7ovdxjyjpyygsv4/Vulture-Count-Form_BCN.pdf?dl=0